Above Article Ad
  • पुनर्वासमा खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तानान्तरण कार्यशाला सम्पन्न

    Above Article Content Ad
  • बाँच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार भन्ने मुल नाराका साथ खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तानान्तरण कार्यशाला सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा कञ्चनपुरको पुनर्वास– ७ परासनमा उक्त कार्यशाला सम्पन्न भएको हो ।फियान नेपालले विगत दश बर्ष देखी सो क्षेत्रमा रहेका जंगली बन्यजन्तु पिडीतका बिषय, दोदा नदीको कारण भएको खाद्य अधिकार हनन्का विषयमा पैरवी गर्दे आएको सिमा तथा दोदा नदी प्रभाबित खाद्य अधिकार समुह परासनका अध्यक्ष राम बहादुर रानाले बताउनुभयो । फियान नेपालले आफुहरुलाई सिकाएको ज्ञान, तालीमहरुले अबको दिन कुनैपनी काम गर्न सहज भएको उहाँले बताउनुभयो । फियानले समुहगत रुपमा गर्दै आएको सहयोग प्रती धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनी सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।खाद्य अधिकार प्रभावित समुहको पैरबि कार्ययोजना तर्जमा तथा सवाल हस्तानान्तरण कार्यक्रममा बोल्दै पुनर्र्वास– ७ का वडाध्यक्ष मुलचन्द रानाले फियान नेपालले गरेको कार्यक्रम यस क्षेत्रका लागी बरदान सावित भएको बताउनुभयो । विगत १० बर्ष देखी फियान नेपालको सहयोगमा यस क्षेत्रका जनताले खाद्य अधिकारको सवालमा मात्रै नभई बन्यजन्तु बाट हुनसक्ने जोखीम न्युनिकरणका तथा दोदा नदी प्रभावितहरुका लागी पनी धेरै कामहरु गर्नुका साथै गर्न सिकाएको बताउनुभयो ।खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जमा तथा सवाल हस्तानान्तरण कार्यक्रममा फियान नेपालले गरेको कामको उच्च मुल्याङ्कन गर्दै स्थानीय समुहले सम्मान समेत गरेको छ । कार्यक्रममा पुनर्वास ७ का वडाध्यक्ष मुलचन्द राना, स्थानीय खाद्य अधिकार सञ्जालका अध्यक्ष कञ्चन गिरी, स्थानीय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by