Above Article Ad
  • सुदूरपश्चिममा गौराको चहलपहल सुरु भयो, भोलि बिरूडा पञ्चमी

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल सुरु भएको छ।

    प्रदेशका नौ जिल्लासँगै सुदूरपश्चिमेलीहरूले बसोबास गर्दै आएका अन्य क्षेत्रमा समेत मनाइँदै आएको गौरा पर्वको चहलपहल सुरु भएको हो। गौरा पर्व बिहीबारदेखि सुरु हुँदै छ। पर्वका लागि काम विशेषले विदेशीएका र देशभित्रै घरबाहिर रहेकाहरु थातथलो फर्किन थालेका छन्। बिहीबार बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने छ।

    Article inline ad #1
  • गौराको पहिलो दिनलाई बिरूडा पञ्चमीका रूपमा मनाउने गरिएको छ। उक्त दिन पाँचथरी गेडागुडी (गहत, गहुँ, केराउ, मास र गुराँस) लाई संकलन गरेर विधिवत् कर्मकाण्ड र फाग गाउँदै भिजाउने गरिन्छ।  गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाएर मांगलिक पूजाआजाका साथ व्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम गर्ने गरिएको छ।

    Article inline ad #2

    पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन फाग, धमारी चाचरी, सगुना, डेउडालगायतका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ। सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ। त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ।

    अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै मङ्गलगानका साथमा गौरा नचाइन्छ। त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ। पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, डेउडा गीत गाउने र डेउडा खेल्ने चलन छ।

    भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6