Above Article Ad
  • नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घको २६३ औँ सैनिक दिवस तथा महाशिवरात्री बडा भोज कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वासमा  २६३ औँ सैनिक दिवस तथा महाशिवरात्रीको पावन अवसरमा बडा भोज कार्यक्रम सम्पन्न गरेको छ।

    बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ ले  पुनर्वास नगरपालिका-४ मा अवस्थित  विराज कटेज एण्ड रेस्टुरेन्टको हलमा २६३ औँ सैनिक दिवस तथा महाशिवरात्रीको पावन अवसरमा बडा भोज कार्यक्रम सम्पन्न गरेको हो ।

    Article inline ad #1
  • कार्यक्रम संघका अध्यक्ष आ.प्र. जीतबहादुर तामाङको सभाध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा भारतीय सेनासम्बद्ध व्यक्तित्व एवं पुनर्वास–३ आइ.बी.आर.डी. बजारका अध्यक्ष मानबहादुर तामाङ र देवबहादुर घर्ती मगरको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Article inline ad #2

    समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तोयप्रसाद शर्माले भूतपूर्व सैनिकहरूले राष्ट्रको सुरक्षाका लागि पुर्‍याएको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले भूतपूर्व सैनिक तथा तिनका परिवारप्रति सहयोग र सहकार्य गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै अझै केही भूतपूर्व सैनिकहरू संस्थागत रूपमा समेटिन बाँकी रहेको विषयमा ध्यानाकर्षण गराउनुभयो।

    कार्यक्रममा नगरप्रमुख  शर्मा र भारतीय सैनिक सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई  मायाको चिनो प्रदान गरिएको थियो।

    महाशिवरात्री तथा वडा भोजको अवसरमा आयोजित उक्त कार्यक्रममा अवकाश प्राप्त नेपाली सेना तथा भारतीय सेना, सैनिक परिवार, समाजसेवी, बुद्धिजीवी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भने कार्यक्रम सञ्चालन संघ क्षेत्र नं. १ का सचिव आ.प्र. हुद्दा सुकबहादुर तामाङले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by