Above Article Ad
  • पिडित किसानका पक्षमा कागजी सहमति ः आरोप नलगाउनुस पुष्टि भए क्षतिपूर्ति दिन्छौ । भागेश्वर

    अनुगमन समिति फोटा खिच्नका लागि हाम्रा खेतहरुमा पुगेको किसानहरुको आरोप

    Above Article Content Ad
  • पुनर्वास– बाढीले धानबाली र उखुबाली सखाप बनाएका पुनर्वासका पिडित किसानहरुसँग आश्वासनको सहमति गरेको छ ।
    शनिबार पुनर्वास नगरपालिकाको सभाहलमा नगरपालिका, भागेश्वर चिनिमिल र पिडित किसानहरु बिच भएको बार्तामा रिर्पोटको विज्ञ टोली मार्फत अनुसन्धान गरी चाडै क्षतिपूर्तिको टुङ्गो लगाउने माईन्यूटमा सहमति भएको हो ।

    उक्त त्रिपक्षिय वार्तामा क्षतिको वास्तविक कारण पत्ता लगाउनका लागी विज्ञसहितको अनुसन्धान टोली गठन गरि सत्य तथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघिय सरकार समक्ष अनुरोध गर्ने, सुगर मिलले आगामी सिजनमा उद्योग संचालन हुनुपूर्व चिम्नीबाट निस्कने फोहार र मिलबाट निस्कने लेदोजन्य फोहोरलाई प्रशोधन केन्द्र स्थापना (जडान) गरी प्रदुषण रहित बनाएर मात्र बाहिर फाल्नु पर्ने यदि प्रशोधन केन्द्र जडान (स्थापना) नगरेमा उद्योग नविकरणका लागी स्थानिय तहबाट गरिने सिफारिस रोक्का गर्ने सहमति भएको नगरपालिकाका विपद फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिए ।

    Article inline ad #1
  • किसानको पिडामा आफु पोजेटिभ रहेको बताउँदै सत्यतथ्य छानविन गरी क्षतिपूर्ति दिलाउनका लागि कटिबद्ध भई लाग्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले प्रतिबद्धता दिए ।
    यता मिलका प्रबन्धक डम्बर खड्काले हामी किसानकै हितमा काम गरिरहेको र यस्तो अन्याए मिलले नगरेको बताए ।
    “हामी मापदण्ड बाहिर छैनौ,रिर्पोट नबुझि कसैले पनि मिललाई आरोप नलगाई दिनुहोला ।” उनले भने, “मिलकै कारण हो भन्ने पुष्टि भए क्षतिपूर्तिको व्यवस्था गर्छौ ।यसको निकास सरकारले चाडै गर्दियोस ।”

    Article inline ad #2

    साउन २३ र २४ गते दोदा नदिमा बाढी आएको करिब दई महिना पुग्दा पनि सरकारले किसानको पिडामाथी बेवास्ता गरेको भन्दै किसानहरु आक्रिशित बनेका छन् ।
    क्षतिपूर्ति दिलाउन र अनुसन्धानका पक्षमा कमजोर देखिएको पुनर्वास नगरपालिकाको अनुगमन समिति फोटा खिच्नका लागि हाम्रा खेतहरुमा पुगेको किसानहरुको आरोप समेत छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by