Above Article Ad
  • वीरगञ्जमा भन्सार छलीका छापा मार्न गएको एपीएफ टोलीमाथि आक्रमण

    Above Article Content Ad
  • धनगढी-वीरगञ्ज महानगरपालिका– आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि स्थानीय समूहले आक्रमण गरेको छ। घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सवारीसाधनमा तोडफोड भएको छ।

    नं. १३ गण पर्साका अनुसार २०८२ माघ २६ गते बिहान करिब १०स्३० बजे विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छलि लुकाइ–छिपाइ राखिएको सामान बरामद गर्न संयुक्त टोली परिचालन गरिएको थियो।

    Article inline ad #1
  • एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हेडक्वार्टर पर्साबाट इन्स्पेक्टर सापकोटाको नेतृत्वमा ९ जना तथा वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जना गरी २१ सदस्यीय संयुक्त टोली छापामारीमा खटिएको थियो।

    Article inline ad #2

    सामान लोड गर्ने क्रममा स्थानीय २०–२५ जनाको समूहले ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ। आक्रमणका क्रममा बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ भने सशस्त्र प्रहरी बलको स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ।

    स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको र उनको मोबाइल फोन खोसिएको छ। त्यस्तै सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा तथा नं. १३ गण पर्सामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको जनाइएको छ।

    संयुक्त टोलीले करिब ५ लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलिका पाँच पोका कपडा बरामद गरेको छ। बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

    सुरक्षा टोलीमाथि आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भइरहेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6