
सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च
धनगढी-नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ को पूर्ण नतिजा प्रतिवेदनअनुसार सुदूरपश्चिममा प्रति एक हजार जन्ममा २६ बालमृत्यु हुने गरेको छ।
शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।
तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्यांक कार्यलयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा बाल स्वास्थ्य तथा पोषणको अवस्था पनि उल्लेख छ । उक्त प्रतिवेदनअनुसार छ महिनासम्म बच्चालाई दुध खुवाउने आमाको संख्या सबैभन्दा बढी सुदूरपश्चिममा छ । सुदूरपश्चिममा ७६.५ प्रतिशत आमाहरुले जन्मेको छ महिनासम्म बच्चालाई दुख खुवाउने गरेका छन् ।
विद्युत तथा टेलिफोन पहुँचको अवस्था पनि सार्वजनिक गरिएको छ । टेलिफोन पहुँचको अवस्था पनि सात वटै प्रदेशमध्ये सुदूरपश्चिमको कमजोर छ । नेपालमा ९५.५ प्रतिशत परिवारमा टेलिफोनको पहुँच रहेकोमा सुदूरपश्चिमा सबैभन्दा कम ९२.६ प्रतिशत परिवारमा मात्रै उक्त पहुँच पुगेको छ ।



























Join our affiliate community and start earning instantly!