Above Article Ad
  • राजावादी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

    Above Article Content Ad
  • काठमाडौं: राजावादी आन्दोलनका कमाण्डर तथा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जीएसएम) समुदायविरुद्ध घृणा फैलाएको भन्दै मायाको पहिचान नेपाल नामक संस्थाले उनीविरुद्ध उजुरी दर्ता गरेको हो।

    उक्त संस्थाका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज प्रसाईंविरुद्ध उजुरी दर्ता गर्दै आवश्यक कानूनी कारबाहीको माग गरेका छन्। ‘दुर्गा प्रसाईंका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी साइबर अपराध ऐन उल्लंघन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न माग गर्दछौं,’ उजुरीमा उल्लेख छ।

    Article inline ad #1
  • प्रसाईंले जीएसएम समुदायविरुद्ध घृणा फैलाउने प्रचलित कानूनबमोजिम प्रतिबन्धित भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको उनको आरोप छ। ‘समलिङ्गी विवाहलाई युएसएआईडीद्वारा वित्तिय सहयोग गरिएको भनी झुटो प्रचार गरेका छन्, जुन पूर्णतः भ्रामक र नेपालको जीएसएम–जीबीटीआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरुको अपमान हो,’ उजुरीमा उल्लेख छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6