Above Article Ad
  • काठमाडौं कालीमाटी सडकमा एकाबिहानै पुरुषको शव भेटिएपछि

    Above Article Content Ad
  • काठमाडौं । कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो ।

    लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन ।

    Article inline ad #1
  • सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले अनुसन्धान अघि बढाउने क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको पत्ता लगायो । थप अनुसन्धानको क्रममा सोनुलाई किचेर फरार भएका चालकलाई समेत पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

    Article inline ad #2
    पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने उमेश स्याङ्तान छन् । पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको पाइएको एसपी आचार्यले बताए ।

    उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by