Above Article Ad
  • कैलाली नाकाबाट निर्वाचनको माहोलबीच आवतजावत बढ्दो

    Above Article Content Ad
  • कैलाली-कैलाली नाकाबाट हिजो मात्र ८८१ जना नेपाली स्वदेश फर्किएका छन् भने ९३७ जना नेपाली रोजगारीका लागि भारत गएका छन्।

    निर्वाचनको माहोल नजिकिँदै जाँदा एकातर्फ मतदान गर्न विदेशबाट फर्किनेको संख्या बढिरहेको छ भने अर्कोतर्फ जीविकोपार्जनका लागि देश छोड्ने क्रम पनि उस्तै रहेको देखिएको छ।

    Article inline ad #1
  • निर्वाचनमा सहभागी हुन केही नेपाली भारत लगायत अन्य स्थानबाट नेपाल फर्किएका हुन्। उनीहरू लोकतान्त्रिक प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न चाहेको बताउँछन्। तर, रोजगारीका लागि भारततर्फ लाग्नेहरू भने अघिल्ला निर्वाचनहरूले आफ्नो जीवनमा खासै परिवर्तन नल्याएको गुनासो गर्छन्।

    Article inline ad #2

    विदेशिनेहरूका अनुसार, अघिल्लो निर्वाचनमा मतदान गर्दा पनि रोजगारी, आर्थिक अवस्था र जीवनस्तरमा उल्लेखनीय सुधार नभएकाले यस पटकको निर्वाचनबाट पनि धेरै आशा नरहेको उनीहरूको भनाइ छ। परिवारको गुजारा चलाउनै पर्ने बाध्यताका कारण उनीहरू पैसा कमाउन भारत जान बाध्य भएको बताउँछन्।

    निर्वाचनको सरगर्मीबीच सीमा नाकामा देखिएको यो आवतजावतले देशभित्रको रोजगारी अवस्था र जनताको अपेक्षाबीचको अन्तरलाई स्पष्ट रूपमा उजागर गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6