Above Article Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–४ वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई सम्मान

    Above Article Content Ad
  • पुर्नवास – कञ्चनपुरको पुनर्वास नगरपालिका–४ वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

    वडाभित्र स्थायी रूपमा बसोबास गर्दै आएका ७५ वर्ष उमेर नाघेका ८० जना जेष्ठ नागरिकलाई सम्मान गर्दै चिसो मौसमबाट सुरक्षित रहन ब्लाङ्केट वितरण गरिएको हो।

    Article inline ad #1
  • कार्यक्रम वडाध्यक्ष मनोज जैसीको सभाध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले जेष्ठ नागरिक समाजका गहना भएको उल्लेख गर्दै उहाँहरूको सम्मान, सेवा र सहयोग गर्नु नगरपालिकाको दायित्व मात्र नभई पुण्यको कार्यसमेत भएको बताउनुभयो। पुनर्वास नगरपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रमका लागि प्रत्येक वर्ष बजेट छुट्याउँदै आएको उहाँले जानकारी दिनुभयो।

    वडाध्यक्ष मनोज जैसीले यस वर्ष ८० जना जेष्ठ नागरिकलाई सम्मान गर्न सफल भएको बताउँदै आगामी वर्षहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले भविष्यमा पनि विभिन्न कार्यक्रममार्फत जेष्ठ नागरिकको सम्मान, संरक्षण र सहयोगका लागि वडा कार्यालय सधैं सक्रिय रहने बताउनुभयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6