Above Article Ad
  • आजबाट ७९ हजारभन्दा बढी नेपाली सेना निर्वाचन सुरक्षाका लागि परिचालन

    Above Article Content Ad
  • काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि आजबाट

    नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनपूर्व सुरक्षा योजनाअनुसार देशभर ७९ हजार ७२७ जना सेना फिल्डमा खटिएका हुन्।

    Article inline ad #1
  • नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना तेस्रो घेरामा रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै गस्ती तथा सुरक्षा ड्युटीमा खटिनेछ। संवेदनशील क्षेत्र र मतदानस्थलमा संयुक्त गस्ती समेत गरिनेछ।

    Article inline ad #2

    निर्वाचन अवधिमा सेना हवाई गस्तीमा पनि सक्रिय रहनेछ। सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर ‘स्टान्डबाइ’ राखिएको छ। विकट तथा अतिसंवेदनशील क्षेत्रमा मतपेटिका र मतपत्र ढुवानीमा पनि हेलिकप्टर प्रयोग गरिनेछ।

    यसैगरी निर्वाचन विथोल्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बम डिस्पोजल टोली तैनाथ गरिएको छ। निर्वाचनका बेला विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा जिम्मा पनि नेपाली सेनाले लिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by