Above Article Ad
  • हिमपातका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा

    Above Article Content Ad
  • धनगढी-गएराति परेको बाक्लो हिमपातका कारण अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका विभिन्न प्रमुख राजमार्ग सञ्चालनमा आएका छन्।
    हिमपातका कारण बैतडी र डडेल्धुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

    बैतडी जिल्लाको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा बाक्लो हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै अवरुद्ध भएका थिए। राजमार्ग अवरुद्ध भएपछि ती क्षेत्र हुँदै सञ्चालन हुने साना तथा ठूला सबै प्रकारका सवारी साधनको आवागमन ठप्प भएको थियो। यात्रुहरू बाटोमै अलपत्र परेका थिए भने मालवाहक सवारी साधनहरू समेत रोकिएका थिए।

    यस्तै, डडेल्धुरा जिल्लाको साहुखर्क, हगुल्टेललगायत उच्च पहाडी क्षेत्रमा पनि हिमपात हुँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो। हिमपातका कारण सडकमा बाक्लो हिउँ जम्दा सवारी चिप्लिने जोखिम बढेपछि सुरक्षाका दृष्टिले आवागमन रोकिएको थियो।

    Article inline ad #1
  • अवरुद्ध सडक खुलाउन ट्राफिक प्रहरी, सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकाय तत्काल सक्रिय भएका थिए। सडकमा जमेको हिउँ पन्छाउने, जोखिमयुक्त मोड तथा उकालो–ओरालो क्षेत्रमा सवारी आवागमन सुरक्षित बनाउने कार्य ट्राफिक प्रहरीले निरन्तर रूपमा गरेको थियो

    Article inline ad #2

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले आवश्यक समन्वय र प्रयासपछि अवरुद्ध राजमार्गहरू सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार हाल सबै राजमार्गमा सवारी आवागमन सामान्य बनेको छ।

    यद्यपि, मौसम अझै चिसो र अस्थिर रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। विशेष गरी रातिको समयमा र उच्च पहाडी सडक खण्डमा यात्रा गर्दा सवारी चालकलाई सतर्क रहन, आवश्यक सुरक्षा सामग्री प्रयोग गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by