Above Article Ad
  • तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड, आज शपथ

    Above Article Content Ad
  • पुनर्वास – देशको प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् ।

    आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले
    संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    Article inline ad #1
  • प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको थियो । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले पनि समर्थन गरेका हुन् ।

    Article inline ad #2

    तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले आज(सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

    आईतबार नै शपथको तयारी भए पनि समय अपुग भएकाले आज ४ बजेलाई शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button