Above Article Ad
  • टीकापुर–धनगढी सडकमा चल्ने सवारीमा मनमर्जी भाडाले लुटिदै यात्रु

    Above Article Content Ad
  • टिकापुर-  कैलालीको टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले चर्को भाडा असुली गर्दा यात्रु मारमा परेका छन्। यातायात व्यवस्था विभागले २०८१ पुस २२ गतेदेखि लागु हुने गरी भाडा दर तोके पनि यातायात व्यवसायीले त्योभन्दा बढी भाडा लिइरहेका छन्।

    सरकारले २५ किलोमिटरदेखि २५० किलोमिटर दुरीका पक्की तथा ग्राभेल बाटोमा चल्ने यात्रुवाहक बस, मिनीबसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति तीन रुपियाँ भाडा दर तय गरेको छ तर टीकापुर–धनगढी रुटमा करिब एक सय किलोमिटरको भाडा ३५० रुपियाँ उठाइरहेका छन्। विभागले तोकेको भाडादर अनुसार यस क्षेत्रको भाडा तीन सय रुपियाँ हुनुपर्ने हो। यस्तै लम्की चोकदेखि टीकापुरसम्मको दुरी १३ किलोमिटर छ। यस रुटको भाडादर प्रतियात्री ६० रुपियाँ उठाइरहेका छन्।

    Article inline ad #1
  • सरकारले प्रतिकिलोमिटर तीन रुपियाँ राखे पनि टीकापुर–धनगढी रुटमा साढे तीन रुपियाँ र टीकापुर लम्की सडक (१३ किलोमिटर) मा प्रतियात्री प्रतिकिलोमिटर चार रुपियाँ साठी पैसा असूली भैरहेको छ।  तय गरेको भाडादर लागु भए ३९ रुपियाँ मात्रै पर्ने थियो।

    Article inline ad #2

    यातायात व्यवस्था विभागको सवारी अनुगमन मापदण्ड तर्जुमा, सवारीचालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अध्ययन अनुसन्धान शाखाका प्रमुख तथा सूचना अधिकारी गणेशमानसिं राईले विभागले तोकेको भाडादर लागु गर्ने सम्बन्धित प्रदेशको जिम्मेवार निकाय र प्रमुख जिल्ला अधिकारीको रहेको बताए।

    भाडादरमा ठगी भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीलाई छ महिनापहिले नै निवेदन गरे पनि कुनै सुनुवाइ नभएको उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टको भनाइ छ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6