Above Article Ad
  • सुनौलो महिला कृषि सहकारी संस्थाको१३ औं वार्षिक साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास -कंचनपुर पुनर्वास नगरपालिका–३ मा रहेको सुनौलो महिला कृषि सहकारी संस्था लिमिटेडको१३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शनिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिका वडा नम्बर -६ को सभा हलमा संस्थाको १३औं वार्षिकसाधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • साधारणसभामा संस्थाका अध्यक्ष दुर्गा नेपालको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका वडा नम्बर- ६ का वडा अध्यक्ष मित्र सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका सहकारी प्रमुख अधिकृत धौलाराम सार्की हुनुहुन्थ्यो।

    Article inline ad #2

    त्यस्तै,अतिथिहरूमा पुनर्वास नगर सहकारी संमनवय समिति अध्यक्ष शंकर केसी, पुनर्वास नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख ललिता चौधरी ,ज्योति सामुदायिक पुस्तकालय तथा सुदूरपश्चिम प्रदेश आविष्कार केन्द्रका अध्यक्ष रामचन्द्र नेपाल ,पुनर्वास वडा नम्बर ६ का वडा सदस्यविष्णुमाया कोइराला, पुनर्वास नगरपालिका वडा नम्बर ६ का दलित बमहिला सदस्य नभावना स्वर्णकार लगायतको उपस्थिति रहेको थियो ।

    साधारण सभामा आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष प्रस्तुत गरिएको थियो ।
    सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा २५ लाख १४हजार ३सय २५ रुपैयाँको कारेबार गरेको संस्थाका व्यवस्थापक कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

    वार्षिक साधारण सभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता तर्फबाट सीता थापाको समूह लगायत दुर्गा नेपालको समूह लगायत दुर्गादेवी सायरको समूहलाई सम्मान गरिएको थियोे । उत्कृष्ट ऋणी तर्फबाट सावित्रा पनेरु, कृष्णा तिमिलसेना सम्मान नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो

    साधारण सभामामा प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै पुनर्वास नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष मित्रसिंह लामाले सहकारी सफलताको शुभकामनासँगै एउटै उद्धेश्य सहकारीलाई सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गरिरहने सहकारीहरु मर्जगर्न आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागीता थियो भने कार्यक्रमको संचालन व्यवस्थापक कृष्ण पाण्डेलेगर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by