Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा सम्पन्न भयो नारी सत्संग

    Above Article Content Ad
  • पुनर्वास-सन्त निरहङ्कारी मण्डल पुनर्वास जनक बस्तिमा रहेको सत्संग भवनमा बुधबार बिशाल नारि सत्सङ्ग सम्पन्न भएको छ ।
    हरेक बुधबार नियमित नारि सत्संग हुने गरेकोमा बुधबार श्रीकृष्ण जन्माष्टमीको दिन समेत परेको शुभ अवसरका बिशाल सत्संगको आयोजना गरिएको थियो ।
    नजिकिँदै गरेको हरितालिका तीजको खुसीयालीलाई स्मरण गर्दै नारि पोषकमा सज्जिएका सन्त माता दिदीबहिनीहरुले सत्सङ्गको शोभा बढाएका थिए ।
    सत्गुरू माता मायादेवी गुरूङको आतिथ्यमा सम्पन्न नारि सत्संगमा आफ्नो विचार राख्दै माता माया देवी गुरूङले भन्नुभयो
    हाम्रो नाता परमात्मा संग जोडिएको छ , त्यसैले नि हामीलाई सुख शान्ति छ , सन्तले थोरै सेवा सुविधा मा पनि सन्तोष महसुस गरिरहेको हुन्छ , जाकि संसारमा अहिले मानव असन्तुष्टि मा भागाभाग गरिरहेको छ । यो पुगेन त्यो पुगेन , धनको पछाडि भागेको छ । तर निरहङ्कारी मिसनमा जोडिएका सन्त परिवारमा कुनै चिन्ता छैन ।

    भक्तलाई कुनै लोभ लालच छैन मात्र भक्तिको चिन्ता हुने गर्छ सन्तलाई सत्सङ्ग मै आनन्द आउने गर्छ । हामी सँधै भरि निर्मल भएर जगद्‍गुरूको भक्ति गरौ यसैमा हामीलाई लाभ हुनेछ । सँधै जगद्‍गुरूको शरणमा यसरी नै जीवन बितोस , सबैलाई सुख शान्ति होस माता माया देवी गुरूङले आफ्नो विचारमा भन्नुभएको थियो ।
    सो अवसरमा सेवा निवृत्त स्वास्थ्यकर्मी बिष्णु घिमिरेले निरहङ्कारी मिसनमा जस्तो सद्भाव र माया प्रेम अन्त कतै नहुने जिकिर गर्नुभयो ।
    नारी संगतमा मसान संग जोडिएका सन्त भक्तले भजन प्रवचन प्रस्तुत गरेका थिए । वृहत् सत्संग पश्चात सामुहिक हंगर ( भोज ) संगै जिती गीतमा सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button