Above Article Ad
  • कैलाली कारागारका घाइतेको आइसियूमा राखेर उपचार हुँदै

    Above Article Content Ad
    1. धनगढी- जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेमध्ये एक जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ।

    कुटपिटमा गम्भीर घाइते रबी चौधरीको आइसीयुमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। जोशीका अनुसार अर्का गम्भीर घाइते जगदीस रानाको अपरेशन थिएटरमा राखिएको छ।

    कारागारमा कैदीबन्दीबिच हिजो राति झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन। झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको हो।गम्भीर घाइते चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएपछि मृत्यु भएको हो।

    Article inline ad #1
  • प्रहरीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दाका कैदीबन्दी हुन्। उनको शब सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान कडाइ गरेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच झडप भएको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6