Above Article Ad
  • कञ्चनपुरका पत्रकार तामाङलाई पितृ शोक

    Above Article Content Ad
  • कञ्चनपुर — नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका सहसचिव किशोर तामाङलाई पितृ शोक परेको छ। ।

    केही दिनदेखि अस्वस्थ्य अवस्था रहेपनि शनिबार उपचारका क्रममा पत्रकार तामाङका बुवा मलाङकले तामाङको ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    Article inline ad #1
  • मलाङकले तामाङको निधनको खबरसँगै परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा डुबेका छन्।

    Article inline ad #2

    यस दुःखद घडीमा विभिन्न संचार संस्थामा आबद्ध सञ्चारकर्मीहरूले शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिरहेका छन्।
    दिवंगत मलाङकले तामाङप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तृप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।

    यसैबीच नेपाल पत्रकार महासंघ र प्रेस युनियन कञ्चनपुरले शोक वक्तव्य जारी गरेको छ । वक्तव्यमा  सहसचिव तामाङका बुवा प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

    नेपाल पत्रकार महासंघका सचिव कुन्दन पाण्डेद्वारा हस्ताक्षरित वक्तव्यमा दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवाजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना भनी उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6