Above Article Ad
  • सरकारले एक लाख ४९ हजार म्यादी प्रहरी भर्ना गर्ने

    Above Article Content Ad
  • काठमाडौँ-गृह मन्त्रालयले आगामी निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना तथा खटनपटनसम्बन्धी मापदण्ड अन्तिम रूप दिएको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको संयुक्त छलफलपछि मापदण्ड टुंगो लगाइएको हो।

    शनिबार दुवै सुरक्षा निकायले आफूले भर्ना गर्नुपर्ने जनशक्तिको विवरणसहित प्रस्ताव गृह मन्त्रालयमा पेश गर्नेछन्। ती प्रस्ताव गृहसचिवबाट स्वीकृत भएपछि निर्वाचन प्रहरी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। गृह मन्त्रालयका अनुसार आइतबारसम्म स्वीकृति दिने तयारी गरिएको छ।

    Article inline ad #1
  • स्वीकृति प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभरका जिल्ला प्रहरी कार्यालयलाई भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिनेछन्। गृह मन्त्रालयका एक अधिकारीका अनुसार आवश्यक तयारी लगभग पूरा भइसकेको छ।

    Article inline ad #2

    गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार र सशस्त्र प्रहरी बललाई १५ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने निर्णय गरेको छ। नेपाल प्रहरीले १ लाख ३७ हजार ६४४ र सशस्त्र प्रहरीले १६ हजार जनशक्ति माग गरे पनि बजेट र आवश्यकता मूल्याङ्कनका आधारमा केही कम संख्यामा स्वीकृति दिइएको हो।

    निर्वाचन प्रहरी भर्नाका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ। स्वीकृत बजेटकै आधारमा भर्ना मापदण्ड तयार गरिएको गृह मन्त्रालयले जनाएको छ।

    मापदण्डअनुसार भर्ना गरिएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिइनेछ। तालिमपछि उनीहरूलाई एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइनेछ। नेपाल प्रहरीले भर्ना गरेका निर्वाचन प्रहरी नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गरेका जनशक्ति सशस्त्र प्रहरी बलसँगै परिचालन हुनेछन्।

    निर्वाचन प्रहरीलाई प्रहरी जवानसरह सेवासुविधा प्रदान गरिनेछ। उनीहरूले बीमा, पोसाक तथा रासन भत्ता पाउनेछन्। पूर्व सुरक्षाकर्मी र यसअघि निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई भर्नामा विशेष प्राथमिकता दिइनेछ।

    यसअघि २०७९ सालको निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो। तर यसपटक मतदानस्थलको संख्या बढेकाले निर्वाचन प्रहरीको संख्या पनि बढाइएको हो।

    आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल तोकिएका छन्, जुन अघिल्लो निर्वाचनभन्दा १६८ ले बढी हो। तीमध्ये करिब ३ हजार ५ सय मतदान केन्द्रलाई सुरक्षा दृष्टिले अति संवेदनशील मानिएको छ। सुरक्षा चुनौती बढेकै कारण ३५ हजार निर्वाचन प्रहरी थप गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

    यस निर्वाचनमा पहिलो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। स्ट्राइकिङ टोलीमा यसअघि १८ जना रहने गरेकामा अब निर्वाचन प्रहरीसहित २४ जनाको टोली खटाइनेछ। त्यस्तै, मोबाइल गस्तीमा यसअघि ७ जना सशस्त्र प्रहरी रहने गरेकामा अब १२ जनाको टोली परिचालन गरिनेछ।

    निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको कमान्डमा छुट्टै सेल गठन गरी तयारीलाई तीव्र बनाएको छl

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by