Above Article Ad
  • सिमा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण, जनताले कहिले सुरक्षाको अनुभूति गर्न पाउने : सांसद तारा लामा तामाङ

    Above Article Content Ad
  • काठमाडौं : कंचनपुरको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले आईतवारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद लामाले भारतसँगको सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौदेखि सास्ती बेहोर्दै आएको र सो समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
    उहाँले भारतीय सुरक्षाकर्मीद्वारा नेपाली नागरिक र कर्मचारीहरुमाथि गरेको ज्यादतीका बारेमा सरकारलाई बताउदै फेरि पनि २०७३ को जस्तो अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
    उहाँले प्रतिनिधि सभाको बैठकमा बोल्दै कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्युत् लाइन विस्तार गर्ने क्रममा विद्युतका कर्मचारीलाई भारतीय सुरक्षाकर्मीले धाकधम्की गर्नुका साथै काममा समेत रोक लगाउदा पनि सरकारले कुनै चासो नदिएको भन्दै बिरोध गर्नुभयो ।
    भारतले पटक पटक हुलाकी सडक बनाउँदा अवरोध, विद्युत् विस्तारमा अवरोध, बिधुतिय फेन्सी तार निर्माणमा अवरोध, किसानले आफ्नो जमीनमा खेतिपाति गर्दा अबरोध गर्ने गरेको बताउदै सीमा क्षेत्रका नागरिकले असुरक्षा महसुस गरिरहेको सांसद लामाले बताउनुभयो । उहाले जनतालाई सुरक्षाको अनुभूति हुने गरी सीमा विवादको समाधान गर्न छिटोभन्दा छिटो पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो।
    सांसद लामाकै पालिकामा २०७३ साल फागुन २६ गते सीमा विवादका विषयमा झडप हुँदा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोबिन्द गौतमले ज्यान गुमाएका थिए। सो क्षेत्रमा पटक पटक भारतीय पक्षबाट बिबाद हुँदै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by