Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा भव्य रूपमा मनाइयो “ख्रिष्टमस डे “

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासको आयोजनामा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–३, आई.बि.आर.डी. नजिकै अवस्थित ६५ बिगाहस्थित कालिका युवा क्लबको खेल मैदानमा ख्रिष्टमस डे धुमधाम तथा भव्य रूपमा मनाइएको छ।

    ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष राजकुमार तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै विशिष्ट अतिथिहरूमा कञ्चनपुर ईसाई समाजका सचिव खर्चलामा तामाङ, कञ्चनपुर उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका अध्यक्ष कृष्ण तामाङ तथा वडा नं. ३ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ रहनुभएको थियो।

    Article inline ad #1
  • विशिष्ट अतिथिको आसनबाट बोल्दै उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले ख्रिष्टमस पर्वले प्रेम, शान्ति, क्षमा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्नुभयो। उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सद्भाव, सहकार्य र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    Article inline ad #2


    यसैगरी विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका अध्यक्ष कृष्ण तामाङले ख्रिष्टमस पर्वको शुभकामना व्यक्त गर्नुभयो। उहाँले मानव सेवा नै रेडक्रसको मूल उद्देश्य रहेको उल्लेख गर्दै पालिका स्तरमा नगरपालिकाको समन्वय तथा सहकार्यमा आपतकालीन अवस्थाका लागि निःशुल्क रगत (ब्लड) उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
    उहाँले यस्ता सामाजिक सेवामूलक कार्यहरूले समुदायमा मानवता, सहकार्य र आपसी सहयोगको भावना बलियो बनाउने बताउँदै आगामी दिनमा पनि रेडक्रसले स्थानीय तहसँग सहकार्य गर्दै सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमका प्रमुख वक्ता रेभ. निमा घिसिङले ख्रिष्टमसको धार्मिक तथा सामाजिक महत्वमाथि प्रवचन दिनुभएको थियो। येशु ख्रिष्टको जन्म जयन्तीको रुपमा नभई उत्सवको रुपमा सारा बिश्वले मनाउने कुराको जिकिर गर्दै उहाँले येशू ख्रिष्टको जन्मले मानवता, सेवा, त्याग र प्रेमको मार्ग देखाएको उल्लेख गर्दै ती मूल्यहरूलाई दैनिक जीवनमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

    प्रमुख अतिथि पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाले ख्रिष्टमस पर्वले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो। उहाँले सबै धर्म, संस्कृति र समुदायको समान सम्मान गर्दै अघि बढ्नु नै समुन्नत, शान्त र समावेशी समाज निर्माणको आधार भएको धारणा व्यक्त गर्नुभयो।

    ईसाई समुदायको बहुल्य उपस्थिति रहेको पुनर्वास नगरपालिकामा स्थानीय समुदायको चाहना र भावना अनुसार नगरपालिकाले सधैं सहकार्य गर्दै आएको बताउँदै उहाँले ख्रिष्टमस पर्वका अवसरमा स्थानीय बिदा प्रदान गरिएको जानकारी दिनुभयो। यसले धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको सम्मान भएको स्पष्ट हुने उहाँको भनाइ थियो।

    नगर उपप्रमुख रानाले यस्ता पर्वहरूले समुदायबीच आपसी समझदारी, भाईचारा र मेलमिलापलाई थप मजबुत बनाउने उल्लेख गर्दै सबै समुदाय मिलेर नगरको समग्र विकास र शान्तिका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा द फन्की डान्स सेन्टरको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो। यसैगरी स्थानीय चर्चहरूबाट सहभागी जवान समूहहरूले विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू देखाएका थिए। स्थानीय पालिका अन्तर्गत रहेका ४२ वटा चर्चहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा ईसाई समुदायसहित विभिन्न क्षेत्रका व्यक्तिहरू तथा संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

    आयोजक संस्थाले ख्रिष्टमस पर्वलाई धार्मिक पर्वका साथै सामाजिक एकता, मेलमिलाप र आपसी समझदारीको प्रतीकका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। यस्ता कार्यक्रमहरूले समुदायबीच भाईचारा अझ मजबुत हुने विश्वास पनि व्यक्त गरिएको छ।

    पाष्टर दिल तामाङको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासका सचिव शम्सेर तामाङले गर्नुभएको थियो। कार्यक्रम शान्तिपूर्ण, उल्लासमय र सभ्य वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by