Above Article Ad
  • निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच वर्ष पूरा

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच वर्ष पूरा भएको छ । निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भएको भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा शव फेला प¥यो।

    निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक ग¥यो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे। भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे।

    Article inline ad #1
  • नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो। अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टसहितका केही प्रहरी बर्खास्त भए। विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए।

    Article inline ad #2

    सीआईबीले अनुसन्धानका लागि विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

    केन्द्रीय जाँच व्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ। तर अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन।
    पाँच वर्षको अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशीको खर्च पनि गरेको छ । तर, पनि यो अपराधको गुत्थी केलाउन प्रहरी असफल नै भएको छ ।

    नेपाल प्रहरीको इतिहासमै यो सबैभन्दा पेचिलो, खर्चिलो र टाउको दुखाइएको अनुसन्धान हो । घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर अनुसन्धान गर्दा पनि पत्ता लाग्न नसकेको यो घटनामा प्रहरी सङ्गठनले नै सबैभन्दा धेरै क्षति बेहोरेको छ ।

    घटनाको २५ दिनमा अभियुक्त भन्दै सार्वजनिक गरिएका स्थानीय मानसिक रोगी दिलिपसिंह विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान झनै पेचिलो र तनावपूर्ण बन्दै गयो । त्यसपछि पनि स्थानीय दुई युवालाई पक्राउ गरेर अनुसन्धान गरियो र उनीहरूले पनि आफ्नो अपराध स्वीकार गरेको बताइयो । तर, उनीहरूको पनि डीएनए म्याच नभएपछि उनीहरूलाई पनि छाडियो ।

    कहिले प्रहरीले नै अपराधीलाई लुकाएको आरोप लाग्यो भने कहिले प्रहरी अधिकारी नै घटनामा संलग्न भन्दै बहालवाला प्रहरी अधिकारीकै डीएनए परीक्षणसम्म गराइयो । यसबीचमा सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेस थापा क्षेत्री, धीरजप्रताप सिंह र वसन्तबहादुर कुँवर (बहालवाला) प्रहरी महानिरीक्षक (आईजीपी) भएका छन् । पाँच जना आईजीपी फेरिँदासमेत निर्मला पन्तको हत्यारालाई प्रहरीले कानूनी कठघरामा ल्याउन सकेको छैन । शुरूमा गिजोलिएको अनुसन्धान जुन स्थितिमा अड्कियो, अहिले पनि त्यही स्थितिमा छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button