Above Article Ad
  • पालिका अध्यक्ष र इन्स्पेक्टर क्यासिनोबाट पक्राउ

    Above Article Content Ad
  • स्याङ्जाको हरिनास गाउँपालिका–७ का इन्स्पेक्टर ३६ वर्षीय पौडेल र प्रसौनीका ३६ वर्षीय पालिका अध्यक्ष यादवलाई शनिबार (भदौ २०) राति क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    वीरगन्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिको क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

    यादव र पौडेलसहित चन्दन सहनी, प्रकाश बैठा, क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई प्रहरीले पक्राउ गरेको छ ।

    Article inline ad #1
  • देशभित्रको कुनै पनि क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । तर, इन्स्पेक्टर पौडेल आफैँ क्यासिनोमा प्रवेश गरेका भेटिएको हो । प्रहरी निरीक्षक पौडेल डिउटी समयमै सादा पोसाकमा क्यासिनो पुगेको पाइएको पर्सा प्रहरीका प्रमुख एवं एसपी पवन भट्टराईले जानकारी दिए ।

    Article inline ad #2

    “इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन् । तर, डिउटी समयमै सादा पोसाकमा क्यासिनो छिरेको फेला परे,” एसपी भट्टराईले भने, “उनीहरू जुवा खेल्ने योजनाले नै त्यहाँ पुगेको देखिन्छ ।”

    पालिका अध्यक्ष सरकारी गाडी नै लिएर क्यासिनो पुगेको पाइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6