
लालझाडीमा फागुन ४ गते विवाह तय भएको बेहुला अझै बेपत्ता
Above Article Content Ad
कञ्चनपुर: बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ।
लालझाडी गाउँपालिका–४ पर्सियाको दीपकराज राना विवाहको चार दिनअघिदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो।
Article inline ad #1
सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले सम्पर्कविहीन दुलहा खोजीकार्यका लागि मौखिक जानकारी आएको बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad