
पुनर्वासबाट जबर्जस्ती चोरीका फरार प्रतिवादी पक्राउ
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाबाट जबर्जस्ती चोरीका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बुधबार बिहान साढे दश बजेतिर पुनर्वास नगरपालिका-६, ङ – गाउँ, हरिहर चोक बस्ने ६६ वर्षीय बिरबहादुर खड्कालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा खटिएको पाँच जनाको टोलीले पक्राउ गरेको हो ।
Article inline ad #1
बाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ परेका खड्कालाई सम्मानित कंचनपुर जिल्ला अदालतबाट १ वर्ष १ महिना २५ दिन कैद सजाए तोकिएको प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
Article inline ad #2
अहिले पक्राउ परेका खड्कालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad