Above Article Ad
  • हुलाकी राजमार्गमा ठेकेदारको लार्पबाही पछि बेलडाँडी गाँउपालिकाको ताकेता

    Above Article Content Ad
  • दिपेन्द्र बस्नेत
    कञ्चनपुर, ११असोज
    कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा निर्माण कम्पनीले लार्पबाही गर्न थालेपछि स्थानीय बेलडाँडी सरकारले ताकेता गरेकोछ ।
    ३० महिनाका निर्माण गरिसक्नुपर्ने काम ६६ महिना वितिसक्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसक्दा बेलडाँडी गाँउपालिकाले सम्बन्धीत निकायमा ताकेता गरेको हो ।
    मंगलबार बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र राना नेतृत्वको जनप्रतिनिधीको टोलीले हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढी निर्माण कम्पनी शर्मा राजेन्द्र जेभीलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण कम्पनी शर्मा राजेन्द्र जेभीले दैजी बेलडाँडी जंगल खण्डमा निर्माण कार्य अलपत्र छाडेपछि स्थानीय सरकारले दुवै निकायको ध्यानाकर्षण गराएको छ ।
    बेलडाँडी गाँउपालिका प्रवक्ता जग बहादुर विष्टले हुलाकी सडकनिर्माण कम्पनीले सडक कालोपत्रे गर्नका लागि चरम ढिलासुस्ती र लार्पबाही गर्न थालेपछि गाँउप्रमुख रानाकै नेतृत्वमा हुलाकी आयोजना र निर्माण कम्पनीका पदाधिकारीलाई लिखितै ज्ञापन पत्र बुझाएको बताए । हुलाकी राजमार्ग आयोजना कार्यालय र निर्माण कम्पनी राजेन्द्र शर्मा जेभीलाई ज्ञापन पत्र बुझाउँदै गाँउ प्रमुख रानाले निर्माण कम्पनीबाट चरम ढिलासुस्ती, बेवास्ता र सरकारी निकायबाट समेत आवश्यक तोकता नहुँदा सडक कालोपत्रे नहुँदा नागरिकलाई सास्तीखेप्नुपर्ने बताउँदै यथाशिघ्र अधुरो काम गर्न आग्रह गरेका छन ।‘हुलाकी सडक कालोपत्रेको काम रोकिदा बेलडाँडीका जनता सबैभन्दा मारमा परेका छन, ‘गाँउप्रमुख रानाले भने, ‘यसर्थ तपाईहरुले समयमै काम सम्पन्न गर्नका लागि हामी गाँउपालिका तर्फबाट विनम्र अनुरोध गछौँ ।’ बेलडाँडी गाँउपालिका २का वडाध्यक्ष नारद सिह उ¥र्यालले कालिकिचदेखि दक्षिण पश्चिम तर्फ रहेको नहरमा समेत कालोपत्रे गरिदिन आग्रह गरेका छन । अध्यक्ष उ¥र्यालले उतिबेला निर्माण कम्पनी, आयोजना कार्यालय र गाँउपालिकासंग भएको सहमती अनुरुप हुलाकी सडक पश्चिम तर्फको सडक समेत कालोपत्रे गर्ने सहमती अनुरुप यथाशिघ्र सडक कालोपत्रेमा जोडदिए । ज्ञापन पत्र बुझ्दै शर्मा राजेन्द्र कम्पनीका ईन्जिनियर रोशन भट्टले दशौँ तिहार लगतै काम काज अघि बढाउने आवश्वासन दिनुभएको छ । ‘विवित कारणबाट निर्माण कार्य ढिलासुस्ती भएको छ, ‘उनले भने, ‘अब तिहार लगतै कामकाज अघि बढाउछौँ ।’ बेलडाँडी गाँउपालिकाको ज्ञापन पत्र बुझ्दै हुलाकी राजमार्ग आयोजना प्रमुख सविन जोशीले निर्माण कम्पनीले हुलाकी सडक निर्माणमा ढिलासुस्ती गरेको विषयमा कार्यालयका तर्फबाट ताकेता गरिने बताए । आयोजना प्रमुख जोशीले कार्यालयका तर्फबाट यस अघि पनि पटक पटक तोकेता गरिएको र अहिले पनि लिखित मौखिक पत्र पठाएको बताए । ‘हामी निरन्तर तोकेतामै छौँ, ‘उनले भने, ‘अहिले गाँउपालिकाले थप हामी र निर्माण कम्पनीलाई घचघच्याएको छ ।’ बेलडाँडीदेखि पुर्व कैलाली सदरमुकाम र उत्तर कञ्चनपुर सदरमुकाम जोड्ने सडक समयमै सडकस्तरोन्नती नहुँदा दक्षिण क्षेत्रको आर्थिक, समाजिक क्षेत्रको विकासका लागि दैनिक जनजिवनमा समेत प्रभाव परेको छ । बेलडाँडी गाँउपालिकाले हुलाकी सडक निर्माण कार्य ढिलासुस्तीको विषयमा निरन्तर ताकेता गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button