Above Article Ad
  • देउवासँग भेटबारे ओलीले भने- त्यसको अर्थपूर्ण छलफल

    Above Article Content Ad
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन्।

    बिहीबार सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले देउवासँग देश, समय र परिस्थितिका विषयमा अर्थपूर्ण कुराकानी भएको बताएका हुन्।

    ‘अर्थपूर्ण छलफल भयो। त्यसको अर्थ छ। भोलि देखिन्छ,’ उनले भने। मंसिर १९ गते ओलीले महाराजगन्जस्थित निवासमै पुगेर कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए।

    Article inline ad #1
  • ‘दुई प्रमुख दलका शीर्ष नेताले भेटवार्ता गर्दा देशको बारेमा कुरा गरेनन् होला? देशको चिन्ता गरेनन् होला?  नागपञ्चमीमा टाँसे जसरी गोबरले टाँसिदिएको यो सरकारको बारेमा कुरा गरेनन् होला?,’ ओलीले बिहीबार सम्पादकहरूसँग भने।

    Article inline ad #2

    ‘रेस्क्यू किन गरेको? किन बचाउनुपर्यो भन्ने कुरा कति शान्तिप्रीय, कति मानवअधिकारवादी, कति जिम्मेवारीपन रहेछ भन्ने कुरा त प्रष्टै देखिएको छ। अनि यस्तो व्यक्ति प्रधानमन्त्री भएको विषयमा कुरा हुँदैन?,’ ओलीले थपे। ओलीले देशको समसामयिक विषयबारे छलफल र त्यसको समाधानका विषयमा छलफल भएको बताए। ‘समाधानको बाटोमा चुनौतीहरू के हुन सक्छन्? कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक हो,’ उनले भने।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by