Above Article Ad
  • ठेकेदारकाे दादागिरीका कारण सम्झाैता अनुुसार निर्माण भएन सुदुरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ विभागकाे भवन

    Above Article Content Ad
  • कंचनपुर -सुदुरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायको निर्माणाधिन भवनको निर्माण सम्झाैता (बिओक्यू ) अनुसार ठेकेदारले निर्माण नगरि दादागिरि शैलीमा निर्माण गरेकाे देखिएकाे छ ।

    विश्वविद्यालयकाे तर्फवाट काम गर्ने ईआरयमसि मल्ल पिकाशाे जेभि कन्सलटेन्सिले दिएकाे अध्ययन रिपोर्ट अनुसार निर्माण कम्पनिले काम नगरेकाे देखिएकाे हाे ।

    Article inline ad #1
  • कन्सलटेन्सिले आज भन्दा एक बर्ष पहिला २०७९ फागुन ४ गते विश्वविद्यालयका रजिष्टार तथा निर्माण समिति संयाेजक लाई पत्र लेख्दै विश्वविद्यालयकाे ईन्जियरिङ्ग विभाग केन्द्रीय क्याम्पस महेन्द्रनगरमा निर्माणाधिन भवनमा निर्माण कम्पनि एमके विल्डर्स एण्ड कन्स्ट्रक्सनले निर्माण गरिरहेको भवनमा भएका समस्या उल्लेख गर्दै पत्र लेखेकाे छ । उक्त पत्र एक बर्ष बढि समय जादा सम्म कार्यान्वयन हुन सकेकाे छैन ।
    निर्माण कम्पनीले उक्त समयमा सिढिमा डिजायन अनुसार रड (सरिया) प्रयाेग नगरि कम वा फरक तरिकाले रड राखेर ढलान गरेकाे र साे सिढि भत्काएर ढिजायन अनुसार रड राखेर निर्माण गर्न भनेकाे छ तर हाल एक बर्ष बितिसक्दा पनि दादगिरि देखाउदै सिढि सच्याएर निर्माण गरेकाे छैन ।
    हाल सम्म निर्माण क्रमश अगाडि बढाई रहेकाे निर्माण कम्पनीले थप निर्माण बिगार्दै लगेकाे देखिएकाे छ । हाल एक पर्खाल बांगो लगाएको,पिल्लरहरु नमिलेको, पहेँलो देखिने दोयम इँटाको प्रयोग भएको, सम्झौता अनुसार प्लास्टर समेत नगरिएको, भित्तामा पिल्लर,बिमको र ईटाकाे लेवल नमिलेको लगायत समस्या देखिएकाे उक्त समस्या समाधान गरेर अगाडि बढ्न लिखित र कतिपय माैखिक जानकारि गरेकाे कन्सलटेन्सिका ईन्जिनियर हरुले बताएका छन ।

    Article inline ad #2

    यस्तै कन्सल्टेन्सीले माघ १४ गतेका दिन निर्माण कम्पनीलाई पहिलो, दोस्रो र अन्तिम तलामा सम्झौता अनुसार इँटाको ल्याब परीक्षण नगरी निर्माणको काम अगाडी नबढाउने भनी पत्र लेखे पनि पहेँलो देखिने इँटाको ल्याब टेष्ट नगरी प्रयोग गरेको देखिएको छ । यदि ल्वाव टेष्ट गर्न पहेलाे देखिने ईटा गएकाे भए निर्माण स्थल र भित्तामा यस्ता ईटा प्रयाेग भएकाे नदेखिनु पर्ने हाे ।
    निर्माण स्थलमा जादा निर्माण व्यवसायीका ईन्जिनियर तथा प्राविधिक भेटिएनन् । यस पछि यससम्बन्धमा बुझ्नका लागि निर्माण व्यवसायी चक्र साह लाइ बुझदा कम्पनीका शेयर सदस्य लोक बहादुर ठकुराठीले त्यहाकाे निर्माण हेरिरहेकाले उतै बुझन भने तर लोक बहादुर ठकुराठी संग सम्पर्क हुन सकेन ।
    विश्वविद्यालयको भवन निर्माण कार्य हेर्ने इआरएमसी मल्ल पिकासो जेभि कन्सल्टेन्सीका ईन्जिनियर पुस्कर मल्लले निर्माणका क्रममा देखिएका समस्यालाई सुधार गरी निर्माण गर्न निर्माण कम्पनी एमके विल्डर्स एण्ड कन्स्ट्रक्सन लाई पत्र लेखेरै जानकारी गरेको भए पनि निर्माण कम्पनीले अहिलेसम्म जवाफ नफर्काएको बताए ।
    यसरी निर्माणकाे क्रममा विश्वविद्यालयले नियुक्त गरेकाे कन्सल्टेन्सि समेतकाे रिपाेर्ट नमानेर काम अगाढि बढाउने लग्ने र विश्वविद्यालयले रनिङ्ग बिल समेत दिदै जाने गरेकाे देखिएकाे छ । यसरी निर्माण समिति र निर्माण कम्पनिकाे मिलाेमताे समेत छकि भन्ने प्रश्न खडा भएकाे छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by