
पुनर्वासमा निःशुल्क सुगर जाँच, करिब ६० जनाले लिए सेवा
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क सुगर जाँच तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा नगरपालिकाले निःशुल्क सुगर जाँच तथा परारामर्श कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नगरपालिकाभित्र कार्यरत कर्मचारीहरू तथा स्थानीयको समेत सुगर जाँच गरिएको थियो। उक्त कार्यक्रमबाट करिब ६० जनाले सेवा लिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन्। मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो। नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ। शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ। थाकाइ लाग्ने,आलस्य हुने,जाँगर नचल्ने,पिसाब लाग्ने,मुख सुख्खा हुने,खाना बढी रुचि हुने,खुट्टा पोल्ने,खुट्टा झमझमाउने ,आँखा धमिलो हुने,कुनै पनि घाउ निको हुन गाह्रो हुने मधुमेहका लक्षण रहेका छन् ।
इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने ,रक्तचाप नियन्त्रण गर्ने,खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने,धुम्रपान र मध्यपान त्याग्ने,बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने,सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्नाले मधुमेहबाट बच्न सकिन्छ ।



















https://shorturl.fm/dqK23