Above Article Ad
  • पुनर्वासमा मनाईयो तमु ल्होसार

    Above Article Content Ad
  • केशब भट्टराई

    गुरुङ समुदायको महान पर्व एबम नयाँ बर्ष शुक्रबार विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै मनाईएको छ। कंचनपुरको पुनर्वास ११ स्थित तमु ह्युल विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष बाघको वर्ष ( तो ल्हो )को वर्ष थियो भने यस वर्ष बिरालोको वर्ष (ह्युइ -ल्हो) रहनेछ । धीं गुरुङ राष्ट्रिय परिषद ईकाई कार्य समिती पुनर्वास १० र ११ को संयुक्त आयोजनामा विविध कार्यक्रम गरि मनाईएको हो। कार्यक्रममा गुरुङ समुदायको भेषभुषा सहित युवायुवती लगायत उपस्थितहरुले नाचगान गर्दै रमाईलो गर्नुभएको थियो।
    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समितिका सल्लाहकार सदस्य जंग बहादुर गुरुङले पछिल्लो समय युबाहरु पलायन हुँदै गएको र आफ्नो रितितिथि हस्तान्तरणमा पनि युबाहरुको चासो कमि हुँदै गएको प्रती दुखेसो व्यक्त गर्नुभयो। उहाँले पुनर्वास मात्रै आफ्नो समुदायको २ सय परिवार रहेको बताउदै नगरको सहयोग आवश्यक रहेको बताउनुभयो।
    पुर्ब वार्डअध्यक्ष मान बहादुर गुरुङले भौगोलिक बिकटताले पनि जिल्ला स्तरीय कार्यक्रम गर्न नसकेको जानकारी दिनुभयो। नगरपालिकाको सहयोग भयो भने गुरुङ संग्राहलय खोल्न आवश्यक रहेको जिकिर गर्नुभयो । रोधि धिं अर्थत रोधी घर पनि आवश्यक रहेको उहाँले बताउनु भयो। कार्यक्रममा पुनर्वास ११ का वार्ड अध्यक्ष तुलसि अर्यालले वार्ड स्तरबाट आफुले गर्न सक्ने सबैकाममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले पुनर्वासमा आदिवासी जनजाति मध्यमा पनि गुरुङ समुदायहरुको आफ्नै मौलिक भेषभुषा तथा रहनसहन सगै सहभागी भएर कार्यक्रम आयोजना गर्दा आफू निकै हर्षित भएको बताउनुभयो। उहाँले यसरी नयाँ बर्षको रुपमा रहेको तमु ल्होसारको शुभकामना व्यक्त गर्दै आफुबाट गर्नसक्ने सहयोगमा कुनै कमि नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले गुरुङ समुदायले राखेका पूरा गर्न आफुले पहल गर्ने बताउनुभयो। गुरुङ संग्रहालय, रोधी घर स्थापनमा समुदायले प्रस्ताव ल्याए आफुले पनि कार्यान्वयनका लागी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष बाघको वर्ष ( तो ल्हो )को वर्ष थियो भने यस वर्ष बिरालोको वर्ष (ह्युइ -ल्हो)लाई स्वागत गरिएको छ । कार्यक्रम घैटोफोड, छेलो खेल, कुर्चिचाल, डोरि तान लगायत खेल पनि भएको थियो। कार्यक्रममा जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नरेन्द्र गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको सभापतीत्व तेज बहादुर गुरुङले गर्नु भएको थियो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button