Above Article Ad
  • पुनर्वासका मेयर तोयप्रसाद शर्माको यात्रा शिक्षक देखि मेयर सम्म ?

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट तोयप्रसाद शर्मा दोब्बर मत बढिले मेयर पदमा निर्वाचित भएका छन्  ।

    मेयर शर्माले नेकपा एमालेकाका मेयर पदका उम्मेदवार पदम पुजारालाई ५ हजार ३ सय ३२ मत र एकीकृत समाजवादीका जिवनराज थापालाई ६ हजार २ सय ७२ मतले  हराउँदै पुनर्वास नगरपालिकाको मेयर पदमा विजयी भएका हुन्  ।

    Article inline ad #1
  • को हुन् मेयर बनेका शर्मा ?

    Article inline ad #2

    स्याङ्जाको साविक कलेन्डरा गाविस हाल पुतलीबजार नगरपालिका-१० मा  वि.स. २०२५ साल असोज १३ गते जन्मेका शर्मा बुवा झुम्काप्रसाद शर्मा र आमा पुर्णकला शर्माका कान्छा छोरा हुन्  ।

    उनले माध्यमिक शिक्षा जनता माध्यमिक विद्यालय पुनर्वासबाट गरेपनी उच्च शिक्षा धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा गरे ।

    कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दा गर्दै वि.स. २०४२ सालदेखि  नेविसंघको कमिटीमा आवद्ध भइ आफ्नो राजनितिक यात्रा सुरु गरेका शर्मा निरन्तर राजनीतिमा सक्रिय हुँदै आए ।

    अध्ययनसंगैको राजनीति पछि वि.स. २०४३ सालमा अस्थायी शिक्षकको रुपमा हालको पुनर्वास-११ को राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकमा नियुक्त भए ।
    अस्थायी शिक्षकको पाँच वर्षे सेवापछी वि.स. २०४८ सालमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । उनी स्थायी शिक्षक भएपछी नेपाल शिक्षक संघमा आवद्ध रहे ।

    उनले वि.स. २०५० सालसम्म सोही विद्यालयमा अध्यापन गरी त्यसपश्चात  हालको पुनर्वास नगरपालिका-९ स्थित जिवनशक्ती आधारभुत विद्यालयमा अध्यापन गराउन सुरु गरे । पेशा संगै राजनीतिलाई निरन्तर गर्दा गर्दै नेपाल रेडक्रस सोसाइटी कंचनपुरको उपसभापतिमा एक कार्यकाल बिताए ।

    त्यस्तै नेपाली काङ्ग्रेसको शिक्षक संगठन जिल्ला सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि सम्मको जिम्मेवारी पुरा गर्दै आएका छन् ।

    २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने भएपछि उनले शिक्षक पेशा राजीनामा दिएका थिए । राजीनामा दिएर स्थानीय तहको चुनावी मैदानमा उत्रिएका शर्मा नेकपा एमालेका जिवनराज थापासंग पराजित भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by