Above Article Ad
  • महिला प्रतिको विभेदपूर्ण व्यवहार नाराले सिमित हुँदैन : पूर्वमन्त्री मगर

    Above Article Content Ad
  •  

    पुनर्वास– नेपाल सरकारका पूर्व खानेपानी मन्त्री बीना मगरले महिला प्रतिको विभेदपूर्ण व्यवहार नाराले सिमित नहुने कुरा बताउनुभएको छ ।

    Article inline ad #1
  • बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकाले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी पूवमन्त्री मगरले सो कुरा बताउनुभएको हो ।

    Article inline ad #2

    उहाँले महिलाका हक अधिकार नारामा मात्रै सिमित रहेकाले नेपाली महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो । “एकातर्फ देशमा महिला हिँसाका घट्ना बढ्दै छन् ।

    अर्कातर्फ विभेद पूर्ण ब्यवहार रोकिदैन” पूर्वमन्त्री मगरले भन्नुभयो , “अब नारा मात्रै नभई वास्तसवकता तर्फ जान जरुरी छ, नभए समाजमा महिलाको अधिकार सुनिश्चितता रहन्न” अहिले पनि समाजमा छोरालाई बोर्डिङमा पढाउने र छोरीलाई सरकारी बिद्यालयमा पढाउने परम्परा बढ्दो छ । यसको अन्त्य गर्नसकेपनि महिला विभेद निकै कम हुने कुरालाई उहाँले प्रष्टपार्नुभएको थियो ।

    कार्यक्रममा समुदायको विकास तथा सकारात्मक रुपान्तरणमा बिशेष भुमिका खेल्ने महिलाहरुलाई सम्मान समेत गरिएको छ ।कार्यक्रमका सभापति पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया कुमारी रानाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको बिशिष्ट अतिथिमा पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्मा तथा पुर्व उपप्रमुख शारदा बिष्ट धामी रहनुभएको थियो ।

    ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ सांस्कृतिक कार्यक्रमसँगै रक्तदान र आँखा शिविर आयोजना गरिएको थियो । कार्यक्रममा २७ जनाले रक्तदान गरे, भने २ सय ६१ जनाले आँखा चेकजाँच गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button