Above Article Ad
  • मुख्यमन्त्री शाहले भने निष्पक्ष निर्वाचनका लागि सबै निकाय सक्रिय बन्नु आवश्यक छ

    Above Article Content Ad
  • धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए ।

    बुधबार अछाममा आयोजित जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

    Article inline ad #1
  • प्रधानमन्त्रीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको भेटघाटको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री शाहले, “प्रधानमन्त्रीज्यू संविधान, व्यवस्था र संघीयताप्रति पूर्ण प्रतिबद्ध देखिनुभएको छ,” उनले भने वर्तमान सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी सोहीअनुसार तयारी अघि बढाइरहेको जानकारी दिए ।

    Article inline ad #2

     

    मुख्यमन्त्री शाहले “जनआन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउनु रहेको बताए । त्यसका लागि सरकारले शान्ति–सुव्यवस्था कायम गर्नुपर्छ र जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ।”
    उनले जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच आरोप–प्रत्यारोप होइन, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।

    भ्रमणका क्रममा मुख्यमन्त्री शाहले अन्तरतह कार्यालयबीचको सम्बन्ध र सहकार्यको अवस्था, ऐन–कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको स्थिति र शान्ति–सुरक्षाको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by