Above Article Ad
  • डाेटीमा छाेराले गरे बुवाकाे हत्या

    Above Article Content Ad
  • डोटी । डाेटीमा छाेराले नै बुवाकाे हत्या गरेका छन् । बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा (डोलागडा) बस्ने ५० वर्षीय रणबहादुर चन्दको उनकै छाेराले हत्या गरेका हुन् ।

    २३ वर्षीय छाेरा विकासबहादुर चन्दले बुवाकाे टाउकाेमा दाउराले प्रहार गरि हत्या गरेकाे प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छाेराले घरायसी विवादमा बुवाकाे हत्या गरेकाे बताए ।

    Article inline ad #2

    उनकाअनुसार शुक्रबार बिहान ११ बजे घरायसी विवादका क्रममा दाउरा प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई  उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुगाइएकाे थियो ।

    सुजङ अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेल्धुरा लैजाने क्रममा  सोही दिन साँझ करिब ५ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकको डडेल्धुरा अस्पतालमा पोस्टमार्टम गरिएपछि शव परिवारले बुझिसकेको छ । घटनामा संलग्न आरोपित छाेरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6