Above Article Ad
  • पुनर्वासमा कक्षा आठको आधारभुत तह उत्तिण परिक्षा शूरु,

    पहिलो दिन १ हजार ४ सय ३७ बिद्यार्थी परिक्षामा सहभागी, ७ जना अनुपस्थिीत

    Above Article Content Ad
  • पुनर्वास : कञ्चनपुरको पुनर्वासमा शुक्रबार बाट कक्षा आठको आधारभुत तह उत्तिण परिक्षा शूरु भएको छ । शुक्रबार पहिलो दिन अंग्रेजी बिषयको परिक्षा भएको पुनर्वासको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो । उहाँले पहिलो दिन भएको अंग्रेजी बिषयको परिक्षामा पालिका भित्र सात जना अनुपस्थिीत भएकोे बताउनुभयो । पालिका भरी आधारभुत तह उत्तिण कक्षा आठको परिक्षामा १ हजार ४ सय ४४ बिद्यार्थीले फारम भरेका थिए । जसमध्ये शुक्रबार भएको पहिलो दिनको परिक्षामा १ हजार ४ सय ३७ परिक्षार्थी बिद्यार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो ।
    यस्तै चैत्र ४ गते आइतबार गणीत, ५ गते सोमबार नेपाली, ६ गते मंगलबार सामाजीक अध्ययन तथा मानब मूल्य शिक्षा बिषयको परिक्षा हुनेछन् । भने चैत्र ७ गते बुधबार बिज्ञान तथा प्रविधि, ८ गते बिहिबार स्बास्थ्य शारिरिक तथा सिर्जनात्मक कला बिषयको परिक्षा हुनेछ । यस्तै चैत्र ९ गते शुक्रबार अन्तिम हाम्रो पुनर्वास बिषयको परिक्षा हुने पुनर्वासका शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । पहिलो दिन भएको अंग्रेजी बिषयको परिक्षा शान्तिपुर्ण माहोलमा सम्पन्न भएको बताउदै परिक्षा सफल बनाउन सवैले आआफ्नो ठाउँबाट सहयोग गर्न उहाँले बिद्यार्थी तथा अभिभाबकहरुलाई आग्रह गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button