
भीमदत्त नगरपालिकाले विपिनको परिवारलाई दुई लाख सहयाेग गर्ने र उनको स्मृतिमा चोक बनाउने घोषणा
Above Article Content Ad
महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपिन जोशीको परिवारलाई नगद सहयोग गर्ने र उनको स्मृतिमा चोक बनाउने घोषणा गरेको छ। इजरायल र हमास समूहको युद्धका क्रममा ज्यान गुमाएका भीमदत्त– ३ महेन्द्रनगरका विपिनको परिवारलाई नगरपालिकाले राहतस्वरूप दुई लाख सहयोग गर्ने र स्मृतिमा चोक बनाउने भएको हो।
मंगलबार नगर प्रमुख पदम बोगटीले किरियामा रहेका विपिनको परिवारलाई भेटेर समवेदनासहित पालिकाबाट दुई लाख रुपैयाँ सहयोग गर्ने र चोक बनाउने घोषणा गरेका हुन्। दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले बन्धक बनाएको थियो। पछि युद्धविरामअन्तर्गत अन्तिम समयमा २७ असोज ०८२ मा विपिनको शव हमासले इजरायललाई बुझाएको थियो। त्यसपछि ४ कात्तिक ०८२ मा महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















