Above Article Ad
  • जनताका लागि सजिला नेता मानिने दिवान सिंह बिष्टको मुख्यमन्त्रीमा चर्चा, बन्लान त मुख्यमन्त्री ?

    Above Article Content Ad
  • पुनर्वास- नयाँ सत्ता गठबन्धन भएसंगै सुदुरपश्चिमका चौथा मुख्यमन्त्री  दीर्घ सोडारी संकटमा परेका छन् ।

    उनले आज शुक्रवार विश्वासको मत लिने अडान लिएपनी आफ्नो पार्टीका ४ मत, नेकपा माओवादी केन्द्रको १० मत गरी १४ मत पाउने छन् ।

    Article inline ad #1
  • ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ सांसदको मत आवश्यक पर्छ ।

    Article inline ad #2

    सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य छन् । यहाँ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)को संयुक्त सरकार बन्ने देखिएको छ ।

    सुदुरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउने भएपछी कंचनपुर निर्वाचन क्षेत्र १”ख” का प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको  यतिबेला कंचनपुरमा निकै चर्चा छ ।

     

    ईतर समुहका अब्बल नेता बिष्ट पञ्चायतकालिन समयदेखि विद्यार्थी राजनीतिमा होमिएर  नेपाली काँग्रेसको झण्डै साढे चार दशक सकृय राजनीतिमा होमिएका उनी अहिले सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन ।

    नेवि संघबाट राजनीतिक शुरुवात गरेका बिष्ट ०३५सालमा बेलौरीको  महाकाली माध्यामिक विद्यालयमा नेवि संघ इकाई अध्यक्ष भएर काम गरेका थिए । देशमा भएका ठुल ठुला परिर्वतन एवं आन्दोलनमा प्रत्यक्ष सहभागि भएका बिष्टमाथि राज्यबाट गिरफ्तारदेखि झुटा मुद्दा लगाउने काम भए ।

    ०३६ जनमत संग्रह, ०४२मा बहुदल निर्दल, ०४६मा प्रजातन्त्र पुर्नस्थापनाका लागि आन्दोलन र ०६२/०६३मा राजतन्त्रको हटाउनेदेखि गणतन्त्र पुर्नस्थापनाका लागि भएका आन्दोलनमा प्रत्यक्ष सहभागि भएका विष्ट पटक पटक गिरफ्तारदेखि घाईते भएका थिए ।

    ०५१ मा नेपाली काँग्रेस क्षेत्र नम्बर १का क्षेत्रीय सभापति भए, ०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य,   महासमिति सदस्य र केन्द्रिय सदस्य समेत रहेका छन ।

    ०७० सालको संविधान सभा सदस्य निर्वाचनमा बिजय भएसङ्गै कञ्चनपुर क्षेत्र नम्बर १ को मुहारमा उज्यालो ल्याउने सफल नेता हुन बिष्ट ।

    निर्वाचित भएपछि निरन्तर क्षेत्रमा आउने जानेदेखि जनतासंग अन्तरकृया गर्ने अहिले सम्मकै पहिलो नम्बरका लोकप्रिय नेताकै रुपमा परिचित भएका छन ।

    राजनीतिक पृष्ठभुमिका आधारमा बिष्ट सुदुरपश्चिम प्रदेशकै पुराना अनि पार्टी र जनताका लागि ठूलो योगदान पुर्‍याउने नेताका रुपमा मानिन्छन् । पार्टीको सिद्धान्त अनुसार प्रदेश सभा सदस्य बिष्ट नै मुख्यमन्त्री हुनुपर्ने देखिन्छ ।
    यता काङ्ग्रेस भित्रकै भागबण्डामा पनि दुई प्रदेश वर्तमान सत्ता पक्षले पाएपछी सुदुरपश्चिम प्रदेश ईतर  समुहका गगन गुटले पाउनुपर्ने एक काङ्ग्रेसका नेताले भने,तर  हेरौ राजनीतिक भुमरीले के गर्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by