Above Article Ad
  • कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको गयो ज्यान

    Above Article Content Ad
  • महेन्द्रनगर। कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो श्रीमान–श्रीमतीबीच विवाद भएपछि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएकी पारुको बिहीबार मृत्यु भएको खबर प्राप्त भएको उनले बताए।

    Article inline ad #1
  • ‘हिजो आपसमा कुटाकुट भएको रहेछ। दोधाराचाँदनी नगर अस्पतालमा उपचारका लागि पनि लगेका रहेछन्,’ डीएसपी रावतले भने, ‘आज मृत्यु भएको खबर आएको छ। घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको थप विवरण आउन बाँकी छ।’

    Article inline ad #2

    प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार पारुलाई उपचारका लागि अस्पताल लगिए पनि उपचार नै नगरी बुधबार नै घर ल्याइएको थियो। सुनार दम्पतीबीच विगतदेखि नै पटक-पटक झगडा हुँदै आएको स्थानीयले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6