Above Article Ad
  • कैलालीको गोदावरीका जोरा भारतीय प्रहरीको इन्काउन्टरमा मारिए

    Above Article Content Ad
  • अत्तरिया – हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् । दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको थियो ।

    जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनीविरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि समावेश थियो ।

    नवभारत टाइम्सले उनको नेपाली ठेगाना कैलाली लालपुर रहेको जनाएको छ । जुन गोदावरी नगरपालिका – ६ मा पर्छ । भारतीय प्रहरीकाअनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार समेत घोषणा गरिएको थियो ।

    Article inline ad #1
  • चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो । गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दावी छ । उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो, जहाँ उनी मृत घोषित भए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका छन् ।

    यसअघि टोलीले सेक्टर ४९ चोरीको सम्बन्धमा जोराका सहयोगी युवराज थापालाई पक्राउ गरेको थियो । जोरा सूरत (२०१४), कर्नाटक (२०२२), र गाजियाबाद (२०२२) मा भएका मुद्दाहरूमा पनि जोडिएका थिए

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by