
पुनर्वास जनता क्याम्पस स्ववियुद्वारा प्यारा तालमा सरसफाइ र डस्टविन सहयोग
कञ्चनपुर -पर्यटकीय गन्तव्यका रुपमा बिकसित पुनर्वास स्थित प्याराताल परिसरमा पुनर्वास जनता क्याम्पस स्ववियु द्वारा सरसफाइ गरि डस्टविन राखिएको छ ।
ताल अवलोकनमा आउने पर्यटकहरुद्वारा जताभावी फालिने गरिएको प्लास्टिक जन्य फोहर व्यबस्थापनमा सघाउनका लागि पुनर्वास जनता क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीहरुले ६ थान सिमेन्ट रिङ डस्टविन प्रयोगका लागि राखिएको हो ।
पुनर्वास जनता क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति बिकास खड्काको अगुवाइमा मंगलबार आयोजित प्याराताल सरसफाइ कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी बिओपी बिचफाँटाको टोली र जेन्जी पुस्ताका युवाहरुको सहभागिता रहेको थियो ।

ताल अवलोकनमा आउने पर्यटकहरुद्वारा जताभावी फालिने फोहर स्ववियु द्वारा सहयोग गरिएका सिमेन्ट रिङ डस्विनले व्यबस्थापनमा सहयोग पुग्ने प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए ।
















