Above Article Ad
  • पुनर्वासमा हप्ता दिन नबित्दै उप्कियो कालोपत्रे

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ। पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किन थालेको हो।

    सुदूरपश्चिम प्रदेश सरकारको १६ करोड २६ लाख १७ हजार लगानीमा झन्डै १७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। कमसल सामग्रीको प्रयोग गरेर सडक कालोपत्रे गरिएको भन्दै स्थानीयले सडक मर्मत गरिनुपर्ने माग राखेका छन्।

    Article inline ad #1
  • ठुला सवारीसाधन चलाउँदा उक्त सडक महिना दिनमै भत्कने भन्दै स्थानीयले सडक मर्मत, पुनर्निर्माण र गुणस्तरहीन सडक निर्माण गर्नेलाई कारबाहीको मागसमेत गरेका छन्। पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले नागरिकस्तरबाट गुणस्तरहीन सडकबारे समय-समयमा गुनासो आउने गरेको बताए।

    Article inline ad #2
    नगरप्रमुख शर्माले प्रदेश सरकारले पुनर्वासमा सडक निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएपछि स्थानीयमा आक्रोश देखिएको बताउनुभयो । सडकको गुणस्तरीय मापदण्ड अनुरूप सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने नगरप्रमुख शर्माले प्रतिबद्धता जनाएका छन्।

    निर्माण गर्नुपर्ने जिम्मा पाएको कम्पनीले भने अझै सडक निर्माणको म्याद थप भएकाले मर्मत गरिने जनाएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९÷८० मा शङ्करजोशी जेभीलाई २०८१ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको थियो। असार मसान्तमा काम पूरा गर्ने जिम्मेवारी दिए पनि पुस मसान्तसम्म म्याद थप गरिएको जनाइएको छ। सडकको कालोपत्रे भत्किन थालेको भन्नु गलत भएको कार्यालयले जिकिर गरेको छ।

    स्थानीयले हातले भत्काएको तर, सडक आफैँ भत्किन थालेको भन्ने गलत कुरा रहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले बताए। सडकमा ठुला गाडी नचल्दा समस्या भएको उनले बताएका छन्।

    सडक गुणस्तरीय निर्माण भए, नभएको बारे स्थलगत अनुगमन गरिने उनले बताएका छन्। हालसम्म उक्त सडकको ७० प्रतिशत मात्रै निर्माण भएको छ। सो सडक कहीँ कतै भत्किएको भए पुनर्निर्माणका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको कार्यालयले बताएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by