
अन्तरक्रियात्मक “टि– टाइम” कार्यक्रम लिएर आए, बेलौरीका युवा उद्यमी सुरज श्रेष्ठ
पछिल्लो समय कञ्चनपुरको बेलौरी नगरपालिका वार्ड नम्बर ४ निवासी सुरज श्रेष्ठ निकै ब्यस्त हुनुहुन्छ । युवा उद्यमी, शिक्षण पेशा संगै श्रेष्ठले पत्रकारीतामा पनी दख्खल राख्नुभएको छ । बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा उपप्रध्यापक भएर बिगत ६ बर्ष देखी अध्यापन गराउदै आउनुभएको श्रेष्ठको बेलौरीमा आफ्नै न्यु लक्ष्मी इट्टा उद्योग पनी सञ्चालनमा छ ।शिक्षण पेशा, ब्यवसाय संगै पछिल्लो समय उहाँले टि– टाइम (चिया समय) नामको रेडीयो कार्यक्रम सञ्चालन गर्नुभएको छ । टि– टाइम कार्यक्रममा विशेष गरी समसामयिक विषयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई स्टुडियोमा बोलाई छलफल तथा अन्तरक्रिया गर्ने गरीएको श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको कार्यक्रममा शिक्षा, स्वास्थय, खानेपानि, कृषि, व्यापार, राजनिति, सुशासन जस्ता थुप्रै विषयहरु समेटीएको देख्न सक्ने महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीले बताउनुभयो । सुरज सर एक बहुप्रतिभाशाली शिक्षक क्याम्पसले पाएकोमा आफु खुशी रहेको उहाँले बताउनुभयो । सरको सबै क्षेत्रमा ज्ञान हुनुका साथै पछिल्लो समय उहाँले सञचालन गरेको टि– टाइम कार्यक्रमले यस क्षेत्रको बिकृती बिसंगती न्युनिकरणमा सहयोग पुग्ने क्याम्पस प्रमुख जोशीले बताउनुभयो ।
यस्तेै सुरज श्रेष्ठले चलाउनु भएको कार्यक्रम टि– टाइम (चिया समय) सुदुरसञ्चार एफ.एम., रेडीयो सुदुरसञ्चार युट्युब लगायतका च्यानलमा प्रशारण हुदै आएको छ । लामो समयदेखि रेडियो तथा टेलिभिजनमा सक्रिय कञ्चनपुरका पत्रकार शितल भट्टका अनुसार ‘सुरज श्रेष्ठले मिडिया मार्फत कञ्चनपुरको दक्षिणि क्षेत्रका विविध विषयमा छलफल र अन्तरक्रियालाई अघि बढाउने जमर्को गर्नुभएको छ । त्यसमा हामी सबैको साथ सहयोग आवश्यक रहने उहाँले बताउनुभयो ।
कार्यक्रम टि– टाइम आफ्नो अवधारणा र निर्देशनमा तयार हुदै आएको उहाँले बताउनुभयो । केही समय पहिले देखी नै सुरज श्रेष्ठ, लक्ष्मण दियाल, शितल भट्ट लगायतको टिमले “अप्रेशन बेलौरी” नामक रेडीयो कार्यक्रम समेत सञ्चालन गर्दै आउनुभएको छ ।