Above Article Ad
  • दार्चुलामा विद्यालयको भवन जीर्ण हुँदा त्रिपाल मुनि कक्षा सञ्चालन

    Above Article Content Ad
  • दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–६ स्थित सिराडभुमि आधारभूत विद्यालय छिपानमा अहिले त्रिपाल मुनि कक्षा सञ्चालन भइरहेको छ।

    सशस्त्र द्वन्द्वकालमा निर्माण गरिएको चार कोठे विद्यालय भवन जीर्ण भएर भत्किन थालेपछि विद्यालयले त्रिपाल मुनि राखेर विद्यार्थी पढाउन थालिएको हो।

    Article inline ad #1
  • विद्यालयको अधिकांश भवन जीर्ण अवस्थामा छ। “चार कोठे भवनको छड, सिमेन्ट कक्षा कोठामा झर्न थालेपछि विद्यार्थीलाई जोखिम भयो”, विद्यालयका प्रधानाध्यापक प्रेमसिंह डडालले भने,“बर्खाको बेला भवन भत्किएर केही भइहाल्यो भने के गर्ने भनेर विद्यार्थीलाई त्रिपालमा राखेर पढाउन थालेका हौँ।”

    Article inline ad #2

    प्रधानाध्यापक डडालका अनुसार कक्षा ६ र कक्षा ७ का विद्यार्थीलाई विद्यालयले त्रिपाल खरिद गरेर कक्षा बनाएको छ। कक्षा ६ मा आठ र कक्षा ७ मा ११ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कूल १०१ विद्यार्थी अध्ययनरत छन्। भौतिक पूर्वाधार विद्यालयको जीर्ण अवस्थामा छन्। विसं २०७७÷७८ मा गाउँपालिकाले दुई कोठे भवन निर्माण गरेको थियो। त्यहीँ भवनको माथि अहिले त्रिपाल राखेर कक्षा सञ्चालन भइरहेको डडालले बताए।

    विसं २०६० अघि जिल्ला शिक्षा कार्यालय निर्माण गरेको दुई कोठे भवन पनि जीर्ण अवस्थामा पुगेको छ। भवन भत्किने खतरा भएको छ। नयाँ भवनका लागि दुई वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दै आए पनि हालसम्म सुनुवाइ नभएको उनले बताए। “एकातिर गर्मीको समय छ, अर्कोतिर बर्खा सुरु भएको छ, चार कोठेसँगै अर्को दुई कोठे भवन पनि जीर्ण भएर समस्या हुनेवाला छ”, प्रधानाध्यापक डडालले भने, “विद्यालयको भौतिक अवस्थाबारे वडा सरकार र पालिका सरकार जानकार भए पनि नयाँ बन्न सकेन्।” कहीँबाट भवन निर्माण हुन नसक्ने अवस्था आएपछि कक्षा प्रभावित हुन नदिन त्रिपालमा राखेर पढाइ गरिएको प्रधानाध्यापक डडालको भनाइ छ।

    वडा नम्बर ६ का वडाध्यक्ष सन्तोषसिंह कोट्टारी विद्यालय भवन जीर्ण रहेको भए पनि त्रिपाल मुनि कक्षा सञ्चालन गर्नुपर्ने अवस्थाबारे जानकारी नआएको बताए। “मैले पनि सामाजिक सञ्जालमा तस्बिर देखेपछि थाहाँ पाए, यो विषयमा विद्यालयसँग जानकारी लिइरहेको छु, आगामी आर्थिक वर्षमा दुई कोठे विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ”, वडाध्यक्ष कोट्टारीले भने।

    गाउँपालिका अध्यक्ष जमनसिंह धामी विद्यालय भवन अभाव हुने अवस्था आएपछि आगामी वर्षका लागि २० लाख बजेट विनियोजन गरिएको बताए। त्रिपालमा विद्यार्थी पढाइरहेको विषयमा आफूहरूलाई विद्यालयले कुनै जानकारी नगरेको उनले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by