Above Article Ad
  • जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट डडेल्धुरामा तीन करोडको क्षति

    Above Article Content Ad
  • डडेल्धुरा- डडेल्धुरामा गत भदौ २४ गते भएको जेनजीको आन्दोलनबाट करिब तीन करोडको क्षति भएको प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले दिएको जानकारी अनुसार सरकारी, गैरसरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षति भएको छ।

    उनका अनुसार अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचनगायत सरकारी कार्यालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) बहुउद्देशीय विकास समाज (एमपिडिएस), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, रास्वपा, बिपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोड हुँदा सो मूल्य बराबरको क्षति भएको हो । प्रहरीले उठाएको मुचुल्का अनुसार शनिबार बेलुकीसम्म दुई करोड ५३ लाख मूल्य बराबरको क्षति भएको र केही पार्टी कार्यालयको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

    Article inline ad #1
  • सबैभन्दा बढी क्षति गैरसरकारी संस्था रुडुकमा भएको छ । रुडुकका दुई वटा भवन र सबै सामग्री आगजनीबाट ध्वस्त भएका छन् । रुडुकमा करिब ४० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ । सरकारी कार्यालयमध्ये मालपोत कार्यालयको करिब ३० लाख क्षति भएको छ । अन्य कार्यालयले सेवा प्रवाह गरे पनि मालपोत कार्यालयको काम ठप्प छ।

    Article inline ad #2

    मालपोत कार्यालयका प्रमुख कमलापति भट्टका अनुसार दुई वटा मोटरसाइक, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका सामग्री ध्वस्त भएका छन् । फ्यालका सिसा फुटाइएका छन् । अनलाइन सूचीकृत नभएका मोठ ध्वस्त हुँदा अभिलेख पनि नष्ट भएका छन् । बुधबार बेलुकीसम्म सामग्री खरिद गरी सेवा सञ्चालन गरिने उनले  बताए। गत भदौ २४ गतेदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।

    २४ गते प्रदशर्नकारीले केही सरकारी, गैरसरकारी कार्यालय र पार्टी कार्यालयमा आगजनी, तोडफोड गरेपछि अपराह्न ३ः०० बजेदेखि जिल्ला सदरमुकाम क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको थियो । शुक्रबार राति देशले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पाएपछि शनिबार बिहानदेखि कफ्र्यु हटेको थियो ।

    जनजीवन सामान्य बन्दै गएपछि सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन्। नाराबाजीबाट सुरु भएको प्रदर्शनले उग्र रूप लिएपछि सदरमुकाम बागबजार, तुफानडाँडा र कीर्तिपुर बजार क्षेत्र आसपासको क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। उनका अनुसार प्रहरीले क्षति पु¥याइएका कार्यालयको मुचुल्का उठाइसकेको छ।

    कार्यालयभित्रका सामग्री जलाई नष्ट गरिएकाले सम्बन्धित कार्यालयसँग नष्ट भएका सामग्रीको विवरण सङ्कलन गरी पूर्ण क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । जेनजीको आन्दोलनका नाममा केही राजनीतिक पार्टी र समाजका अगुवा भन्नेले कार्यालयमा तोडफोड, आगजनीसँगै चोरीसमेत गरेका भिडियो, तस्बिर बाहिरिएको भन्दै चोरीका सामग्री फिर्ता गर्न एपिडिएसका कार्यकारी निर्देशन प्रेम महरले आग्रह गरेका छन्।

    यस्तै, डडेलधुरा कारागारमा आगजनी र तोडफोड गरेर भागेका ८५ जना कैदीबन्दीमध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन् । भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदीबन्दीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेका छन् । १२७ जना कैदीबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6