Above Article Ad
  • सरुवा भएर हाजिर हुन हिँडेका वरिष्ठ सईको सवारी दुर्घटनामा मृत्यु, श्रीमती घाइते

    Above Article Content Ad
  • इटहरी – नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।

    मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका-६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    Article inline ad #1
  • दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका-१ निवासी हुन् । उनी हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका थिए । सिरहामा हाजिर हुन जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

    Article inline ad #2

    दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डा.चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन् ।

    प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान जारी छ । दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6