
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा पुनर्वासमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
पुनर्वास : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा पुनर्वासमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय जागरण अभियान तथा Global Money Week 2024 अन्तर्गत लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा वित्तीय जागरण सम्बन्धी कार्यक्रम गर्नुका साथै पुनर्वास शाखा कार्यालय देखि आइ.बि.आर.डी बजार क्षेत्रमा परिक्रमा गर्दै प्रभात फेरी ¥याली समेत गरीएको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था पुनर्बास शाखा प्रमुख भरत बहादुर नेगीले बताउनुभयो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी जानकारी, सदस्यहरुको गुनासो संकलन तथा समाधानको उपायहरु प्रस्तुत गरीएको शाखा प्रमुख नेगीले बताउनुभयो । यस्तै कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या र त्यसको समाधानका लागि सामूहिक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने अपेक्षा समेत लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पुनर्वास शाखा अन्तर्गतका १ सय ३९ जना समूह अध्यक्ष, सदस्यहरु र अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मुकेश सिंह लगायत अन्य प्रहरीहरु, समाजसेवी ब्यक्ति, कर्मचारीको उपस्थितिमा कार्यक्रम गरीएको थियो । यस्तै कार्यक्रमको अध्यक्षता एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुबन राज पाठकले गर्नु भएको थियो । यसतै कार्यक्रमको संचालन पुनर्वास शाखा प्रमुख भरत बहादुर नेगीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षीप्त परिचय अनुगमन अधिकृत भुबन राज पाठकले जानकारी गराउनु भएको थियो ।