
सहकारी पत्रकारिता पुरस्कारबाट नगद सहित सम्मानित भए कञ्चनपुरका पत्रकार बिष्ट
महेन्द्रनगर– कञ्चनपुरका कृयाशील पत्रकार मोहन बिष्ट सहकारी पत्रकारिता पुरस्कारबाट नगद सहित सम्मानित भएका छन् । ।
मंगलबार महेन्द्रनगरमा रहेकाे उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीको २७ औं वार्षिक साधारण सभाकाे एक विशेष कार्यक्रममा कृयाशील पत्रकार बिष्टले पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै नगद ११ हजार प्रमाणपत्र सहित पुरस्कारबाट सम्मानीत भएका हुन ।
कार्यक्रममा प्रमुख अतिथि सहकारीका निवर्तमान अध्यक्ष बरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द सहितका व्यक्तिले पत्रकाा विष्टलाई नगद ११ हजार, प्रमाणपत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।
पत्रकार विष्ट नेपाल पत्रकार महासंघ कञ्चनपुर कार्यसमितिका कोषाध्यक्ष समेत हुन । साथै उहाँ कञ्चनपुरकाे महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिक र राष्ट्रिय स्तरकाे नयाँ पत्रिका दैनिकमा कार्यरत विगत डेड दशक देखि सकृय रूपमा पत्रकारीता क्षेत्रमा कृयाशील छन् ।















https://shorturl.fm/QxTqi
https://shorturl.fm/QmGT1