Above Article Ad
  • सुधार गृहमा युवकको मृत्यु

    Above Article Content Ad
  • धनगढी – कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

    Article inline ad #1
  • उनकाअनुसार मानसिक स्वास्थमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो। औषध खाएर साँझ ७ बजे निदाएका उनले गएराति १० बजेतिर पेट दुःख्यो भनेको बुझिएको चन्दले बताए। केहीबेरमा निदाएका भनिएका उनी राति दुई बजेतिर शौचालय गएका थिए।

    Article inline ad #2

    शौचालयबाट धेरै बेरसम्म नआएका उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल लगिएको थियोे।

    साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियोे।

    मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो।

    अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ। मृतकका आफन्तले घटना शंकास्पद रहेकाले निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले मल्लको हत्या भएको आशंका गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by