Above Article Ad
  • पुनर्वास नगरपालिकाबाट चोरिएका सामान भारतीय बजारमा बिक्री

    Above Article Content Ad
  • पुनर्वास-जेन जी आन्दोलनका क्रममा भदौ २४ गते पुनर्वास नगरपालिका कार्यालयबाट समाचार चोरी गरी भारतमा बिक्री गरिएको पाइएको छ । भारतमा बिक्री गरिएका केही समान नगरपालिका फिर्ता आएका छन् ।

    पुनर्वास नगरपालिकाले आन्दोलन सकिएपछि समान फिर्ताका लागि सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले प्रहरीसित सहकार्य गरी खोजी कार्य समेत अघि बढाएको छ ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिह लामा सहित सुरक्षाकर्मी टोलीले भारतीय सीमावर्ती सहर मिलन बजारमा बिक्री गरिएका केही समान फिर्ता ल्याएका छन् ।

    Article inline ad #2

    नगरपालिकाका अनुसार मिलन बजारबाट फिर्ता ल्याइएका समान एक नाथ ब्याट्री र दुई थान एसी कुलर छन् । भारतीय बजारमा समान बिक्री गरिएको सूचनाका आधारमा वडा अध्यक्ष सहितको टोली भारतीय बजार पुगेपछि समान भेटिएको हो ।

    नगपालिकालाई समान खोजीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन वस्ती र सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट बिओपी सहित स्थानीयले साथ दिएका छन् ।

    भदौ २४ गते जेन जी आन्दोलनका क्रममा नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो । त्यस क्रममा कार्यालयका अति आवश्यक कागजत तथा जिन्सी सामान चारी गरी लगिएको थियो ।

    नगरपालिकाबाट कम्प्युटर, प्रिन्टर, ल्यापटप, ईन्भर्टर, व्याट्री, ए.सी., कुर्सी, टेवल, फोटोकपी मेसीन, दराज लयायतका जिन्सी माल समान चोरी गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

    चोरिएका समानमध्ये केही समान भने कार्यालयमा आएर फिर्ता गरिएका छन् ।

    ‘२०८२।०५।२७ गतेबाट नगरपालिकाको आव्हान अनुसार केही सामानहरु फिर्ता हुने क्रम जारी रहेकोले फिर्ता गर्ने र फिर्ता गर्नमा सहयोग गर्न हुने नगरवासी हरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, ईन्भर्टर, व्याट्री, ए. सी., कुर्सी, टेवल, फोटोकपी मेसीन, दराज लयायतका जिन्सी मालसामानहरु अझै फिर्ता नभएकाले जिन्सी मालसामानहरु कुनै कसैले प्राप्त गर्नुभएको छ भने कार्यालयका निम्न कर्मचारीलाई जानकारी गराई यथाशिघ्र कार्यालयमा फिर्ता बुझाउनु हुन अनुरोध छ’ कार्यालयले सार्वजनिक सूचनामा भनिएको छ ।

    नगरपालिकाले चोरिएका समान खरिद विक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने समेत चेतावनी दिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by