
भानु गोल्ड कप ः पहिलो खेलमा लालझाडी–११ लाई वाक ओभर ,दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी
पुनर्वास –कंचनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित प्रथम भानु गोल्ड कपको पहिलो खेलमा वाक ओभर दिएको छ ।
उद्घाटन पछिको पहिलो खेलमै लालझाडी–११ युवा क्लब निर्धारित समय सीमाको डेढ घण्टा सम्म खेलमैदानमा प्रवेश गर्न नसक्दा खेल निर्णयक टिमले पुनर्वास युनाईटेडलाई वाक ओभरको अवसर दिएको हो ।
वाक ओभरको अवसरसँगै पुनर्वास युनाईटेडलाई सो खेलको विजयी घोषणा गरिदिएको थियो ।
त्यस्तै, दोस्रो खेल शिदार्थ युवा क्लब र सुदुरपश्चिम प्रदेश प्रहरीको टिम बीच भएको थियो ।
निकै घम्साघम्सीका बीच हाप अघिको समयमा प्रहरीको टिमबाट २ गोल प्रहार भएपनि हाप पछि शिदार्थले २ गोल फर्काउन सफल भई खेल बराबरीमा पु¥याएको थियो । त्यसपछि ट्राईबेकरमा प्रवेश गरेको खेलमा ४ का विरुद्ध ५ गोल गर्दै नेपाल प्रहरीको टिम विजेता टिमका रुपमा घोषित भएको थियो ।
शुक्रबार पुर्व खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यतामा खेल उद्घाटन भएको थियो । खेल उद्घाटनका क्रममा प्रमुख अतिथी मगरले मानव स्वास्थ्यका लागि मात्रै नभई अहिलेको युवा पिढिमा देखिएको दुव्र्यसनीलाई नियन्त्रण गर्न समेत खेलले टेवा पुग्ने बताउनुभयो ।
क्लबका अध्यक्ष पदम थापाको सभापतित्व तथा निर्वतमान नगर प्रमुख जिवनराज थापा,सुदुरपश्चिम प्रदेश खेलकुद संघका महासचिव काशीराम बोहरा बिशिष्ट अतिथीमा आसिन रहनुभएको थियो ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष धर्मेन्द्र जेठाराको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सञ्चालन क्लबका सल्लाहकार हेम बहादुर थापाले गर्नुभएको थियो ।
माघ ८ गतेसम्म सञ्चालन रहेको प्रतियोगितामा कञ्चनपुर–कैलालीका १२ टिमको सहभागिता रहेको छ । उक्त गोल्ड कप सञ्चालनका लागि पुनर्वास नगरपालिकिाको कार्यालय मुख्य प्रायोजन र स्वर्गीय प्रकाश दाहाल प्रतिष्ठान काठमाडौं सह प्रयोजनका रुपमा रहेको छ ।